काठमाण्डु – प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ५२ वर्षीय भण्डारीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट शुक्रबार पक्राउ गरेको हो ।
सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले स्मार्ट सेल घोटाला प्रकरणमा छानबिन गर्न भण्डारीलाई पक्राउ गरिएको बताए ।
सञ्चालन अनुमति खारेज भएपछि स्वतः सरकारी स्वामित्वमा हुनुपर्ने स्मार्ट सेलको सम्पत्ति बिक्री प्रकरणबारे सिआईबीले छानबिन गरिरहेको छ ।
भण्डारीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा नेतृ रेखा शर्माको विज्ञका रूपमा समेत काम गरेका थिए ।
प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल टेरामक्स भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेपछि भण्डारीले प्राधिकरणको नेतृत्व गरेका थिए ।




प्रतिक्रिया