आगो जसले लगाए पनि निभाउने दायित्व कांग्रेसको हो : गगन थापा

आगो जसले लगाए पनि निभाउने दायित्व कांग्रेसको हो : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायम गर्नका लागि जिम्मेवार ढंगले क्रियाशील हुन पार्टीका निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

कोसी र मधेश प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको शुक्रबार छलफल गर्र्दै सभापति थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न पनि जनप्रतिनिधिलाई आग्रह गरे ।

‘जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो । हामीले सहिष्णुता कायम गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर क्रियाशील हुनुहोला । कांग्रेस जिम्मेवार दल हो । सम्हाल्ने दायित्व हाम्रो हो,’ सभापति थापाले भने ।

उनले सामाजिक सञ्जालमा देखापरेका विषयवस्तुलाई जथाभावी शेयर गर्ने र कमेन्ट गर्ने कुरामा अग्रसर नहुन कार्यकर्तालाई निर्देशन दिए ।

‘कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ । देख्ने बित्तिकै त्यसमा प्रतिक्रिया जनाउन हतारो नगरौँ,’ कार्यकर्तालाई निर्देशन दिँदै उनले भने । समाजमा शान्ति, सद्भाव र एकता कायमका आवश्यक सहयोग र साथ दिन थापाको आग्रह थियो ।