४ दिनपछि बढ्यो सेयर बजार

४ दिनपछि बढ्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार घटेको सेयर बजार शुक्रबार भने बढेको छ । यसदिन नेप्से १२.९६ अंक बढेर परिसुचक २६८५ मा पुगेको छ ।यसदिन कारोबार रकम केही बढेको छ । हिजो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।

आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि रहेकाछन् ।

यसदिन एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो भने बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत घट्यो ।

आज बैंकिङ ०.७२, विकास बैंक ०.४८, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशत बढे । निर्जीवन बीमा र व्यापार समूह क्रमशः ०.१६ र ०.०७ प्रतिशत घटे ।