काठमाण्डु- राहदानी अनियमितता मुद्दामा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।
पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले ८ असार, २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनकाविरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो ।




प्रतिक्रिया