जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्‌भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न जनकपुरमा सामाजिक सद्‌भाव र्‍याली आयोजना गरिएको छ ।

सद्भाव र्‍यालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए ।

रेलवे स्टेशनबाट सुरु भएको सद्भाव र्‍याली भानु चोक, जनक चोक, सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा प्रतिनिधिसभा सदस्य मनिष झा, रामविनोद यादव, नगर प्रमुख मनोज साह, प्रमुख जिल्ला अधिकारी लुइटेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

बिहीबार प्रर्दशनको क्रममा हिंसा भड्किन सक्ने आकलन गर्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।