काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डुको बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न क्षेत्रमा शनिबार० विद्युत् आपूर्ति बन्द गर्दैछ ।
प्राधिकरणले एक सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गत विभिन्न स्थानमा लाइन बन्द रहने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार नयाँ बानेश्वरस्थित इम्पलेक्स मलअगाडि लोड ब्रेक स्विच जडान, पुरानो बानेश्वरस्थित बत्तिसपुतली र बानेश्वर फिडरबिच इन्टरलिङ्किङ स्विच जडान तथा बस कटिङजस्ता विभिन्न कार्यहरू गर्नुपर्ने भएकाले फिडरहरू शटडाउन गर्नुपरेको हो।
विद्युत् कटौती बत्तिसपुतली फिडरअन्तर्गत पर्ने नयाँ बानेश्वर, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तिसपुतली र छक्कुबकु मार्ग क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।
त्यसैगरी, बानेश्वर फिडरअन्तर्गत पर्ने ठुलो खरिबोट, कात्यायनी चोक, मिलन चोक, पुरानो बानेश्वर र मध्य बानेश्वर क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ।
यसैगरी, तेस्रो चरणमा बत्तिसपुतली फिडरकै नागस्थान, कुमारी मन्दिर, सूर्य विक्रम ज्ञवाली मार्ग, साहित्य मार्ग र मुस्कान मासु पसल क्षेत्रहरूमा दिउँसो ३ बजे देखि साँझ ४ : ३० बजेसम्म विद्युत् बन्द रहनेछ।





प्रतिक्रिया