इरानी आक्रमणमा मारिएका सोमकुमारको शव नेपाल ल्याइयो

इरानी आक्रमणमा मारिएका सोमकुमारको शव नेपाल ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानी आक्रमणमा मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ । कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो ।

कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति उनको शव अवतरण गरिएको हो ।

सन् २०२२ देखि खाडी राष्ट्रमा चालकका रूपमा कार्यरत तेह्रथुम जिल्लाका तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमण हुँदा मृत्यु भएको थियो । पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली हुन् ।

कुवेतस्थित नेपाली दूतावासले शोक सन्तप्त परिवारलाई अन्तिम संस्कारका लागि शव बुझाउन फिर्ता पठाउने प्रक्रियालाई तीव्रता दिएको थियो ।