पूर्वी तराईको धार्मिक आन्दोलन मत्थर पारेर गृहमन्त्री गुरुङ काठमाण्डु फिर्ता

पूर्वी तराईको धार्मिक आन्दोलन मत्थर पारेर गृहमन्त्री गुरुङ काठमाण्डु फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ आईतबार साँझ काठमाण्डु फिर्ता भएका छन् ।

पूर्वी तराई र मधेश क्षेत्रको चर्किएको धार्मिक आन्दोलन मत्थर पारेर गृहमन्त्री काठमाण्डु फर्किएका हुन् ।

सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजार लगायत क्षेत्रमा साम्प्रदायिक विवाद बढ्दै गएका बेला गृहमन्त्री गुरुङ तराई झरेका थिए ।

धार्मिक विवाद चर्किएर लगातार प्रदर्शन भइरहेका थिए । सरकारसँग सहमतिपछि साम्प्रदायिक विवादले सिर्जित आन्दोलन स्थगित भएसँगै गृहमन्त्री गुरुङ आईतबार काठमाण्डु फर्किएका हुन् ।