काठमाण्डु – देशका केही स्थानमा सोमबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको सम्भावना छ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा
मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको विभागको भनाइ छ।




प्रतिक्रिया