काठमाण्डु – प्रहरीले विराटनगरका एक व्यापारीको घर र कार्यालयमा छापा मारेको हो।
विराटनगर-७ मा देवनारा समूहको घर र कार्यालयमा प्रहरीले छापा मारेको हो । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा छापा मारिएको हो ।
प्रहरीले बिहानै घेराबन्दी गरेर छापा मारेको हो। मुन्दडाको कार्यालय र घर नजिकै रहेको छ। प्रहरीले उनको घर वरपरको सडक पूरै बन्द गरेर सर्वसाधारणलाई आवतजावत गर्न समेत नदिएर छापा मारेको हो ।
छापामार्न मोरङका प्रहरी प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरीको ठूलो टोली पुगेको थियो ।
प्रहरीले किन र केका आधारमा छापा मारेको हो भन्ने विषयमा केही जनाएको छैना । कोशी प्रदेश प्रहरी प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले मोरङ प्रहरीले व्यापारिक घरनामा छापा मारेको विषयमा थाहा नभएको बताए।
मोरङ प्रहरीले करिब साढे ५ घण्टा लगाएर मुन्दडाको घरमा खानतलासी गरेको थियो। प्रहरी स्रोतका अनुसार अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी सुरु गरेको हो।
मुन्दडामाथि लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको, कर छलीको आशंका र अवैध चाँदीको कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ ।
मुन्दडा समूहले बाबा आयल, जुट मिल, चाँदीका गहना बनाउने उद्योग जेजे ज्वेलर्सलगायत उद्योग सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया