किन लगातार स्थगित भइरहेको छ प्रतिनिधिसभाको शिक्षा समिति बैठक ?

किन लगातार स्थगित भइरहेको छ प्रतिनिधिसभाको शिक्षा समिति बैठक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक दोश्रोपटक पनि स्थगित भएको छ ।

समिति सभापति डा. ओजस्वी शेरचनले अर्को बैठकमा जानुपर्ने भन्दै बैठक स्थगन गरेकी हुन् ।

समिति सचिवालयले सभापतिको अर्को बैठक परेकाले बैठक स्थगित भएको जानकारी गराएको छ ।

‘सभापतिज्यूको अर्को बैठकमा सहभागी हुनुपर्ने भएकोले स्थगित भएको बेहोरा माननीय सदस्यज्यूहरु लगायत सबै सरोकारवालाहरुको जानकारीका लागि निर्देश अनुसार अनुरोध गर्दछु’ समिति सचिवालयकी शाखा अधिकृत बिनिता मरासिनी पन्थीद्वारा जारी सूचनामा भनिएको छ ।


बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना) र (सञ्चालन) विधेयक, २०८१ बारे स छलफल गर्ने कार्यसूची निर्धारित थियो ।


यसअघि ११ साउन बस्ने गरी तय भएको बैठक शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उपस्थित हुन नसक्ने बताएपछि स्थगन गरिएको थियो ।