काठमाण्डु – सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो ।
नदीमा खसेको कार र यात्रुको एकिन हुन सकेको छैन । प्रारम्भिक जानकारीअनुसार कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको हो। कारमा एकजना निर्माण व्यवसायी, एकजना अपरेटरसहित तीनजना सवार रहेको अनुमान गरिएको छ।
मध्यपाहाडी राजमार्गमा रोकि रहेको कारलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको बसमा सवार यात्रुहरूले बताएका छन् । घटनास्थलमा रहेका गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोम प्रसाद बरालका अनुसार कारमा सिन्धुपाल्चोक घरभई हाल मध्यपहाडी लोकमार्गका ठेकेदार दिलकुमार तामाङसहितका व्यक्ति सवार थिए। कार दुर्घटनास्थलबाट करिब ५० मिटर तल सुनकोसी नदीमा डुबेको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलतर्फ परिचालित भएका छन्।




प्रतिक्रिया