काठमाण्डु – सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ ।
कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोर सहितको टोली परिचालन भएको छ ।
खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको बताइएको छ ।
बेपत्ता कारको खोजी कार्यमा वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोर सहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।
कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ बर्षिय गणेश थापा र वतन नखुलेका अर्का १ जना समेत बेपत्ता भएका छन् भने बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया