दुईतिहाइ सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा भयो : संयोजक प्रचण्ड

दुईतिहाइ सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा भयो : संयोजक प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका छन् ।

काठमाण्डुमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका हुन् ।

उनले भने, ‘दुईतिहाइको सरकारले जनतामा सन्त्रास पैदा गरेको छ । यो परिस्थितिमा हामीले सहिदहरूलाई सम्झिने वामपन्थीहरू विमर्श गर्नुको तात्पर्य के हो ? भन्ने कुरामा पनि मैले सुन्दा र मैले बुझ्दा हामी आधारभूत रूपमा एकै ठाउँमा छौँ ।’

यतिबेला विगतको समीक्षा गर्ने, कमजोरीको गम्भीर विमर्श गर्दै आगामी दिनका लागि कार्यादिशा बनाउनुपर्ने उनको भनाइ छ ।