काठमाण्डु उपत्यकासहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डु उपत्यकासहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा मंगलबार पिनि बाढीको जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३० जिल्ला र आसपासका खोला र नदीमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना देखिएको हो।

कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।

तर साना नदीहरूमा भने बाढीको खतरा औँल्याइएको छ। काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को उच्च जोखिम रहेको बताएको छ।

ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुमपूर्व , रुकुमपश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।

बुधबार सातै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ।