प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे प्रधानसेनापति

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता सुरु भएको हो ।

बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानसेनापति सिग्देलसँग भएको यो चौथो भेट हो। प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि शाहले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको औपचारिक भ्रमण गरेका छैनन्। रक्षामन्त्रीको हैसियतमा सैनिक मुख्यालयमा सुरक्षा तथा समसामयिक विषयमा ब्रिफिङका लागि निमन्त्रणा गरिए पनि प्रधानमन्त्री शाह अहिलेसम्म जङ्गी अड्डा पुगेका छैनन्।