काठमाण्डु – सुनसरीको कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइतका थप एक जनाको मृत्यु भएको छ ।
खुट्टामा गोली लागेका २२ वर्षिय रविन्द्र मेहताको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा सोही स्थानका दुई युवाको मृत्यु भएको थियो ।
कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।
कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।




प्रतिक्रिया