सुस्तामा भारतीय एसएसबी प्रवेश घटनाबारे प्रधानमन्त्री बालेनले जवाफ दिनुपर्छः एमाले

सुस्तामा भारतीय एसएसबी प्रवेश घटनाबारे प्रधानमन्त्री बालेनले जवाफ दिनुपर्छः एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले भारतीय सुरक्षाकर्मी सिभिल पोशाकमा नेपाली भूमिमा प्रवेश गरेको भन्दै त्यसप्रति सरकारको प्रतिक्रिया नआएकोमा असन्तुष्टि जनाए ।

उनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षासँगै राष्ट्रिय स्वाभिमान जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने औंल्याए ।

बरालले सुस्ता क्षेत्रमा पटकपटक यस्ता घटना दोहोरिने गरेको उल्लेख गर्दै संसदबाट निरन्तर सरकारको ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरे । प्रधानमन्त्री बालेन्द्र शाह सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा कहिलेसम्म मौन रहने भन्दै प्रश्न गरे ।

‘भारतीय सुरक्षाकर्मी सिभिल पोशाकमा नेपाली भूमिमा प्रवेश गरेको विषय सार्वजनिक भएको छ। सुस्ताको भूमिमाथि फेरि हस्तक्षेप भएको छ र त्यसको प्रतिवाद गर्न स्थानीय नागरिक नै सडकमा उत्रिनुपर्ने अवस्था बनेको छ । यस्तो विषयमा सरकारको मौनता स्वीकार्य हुन सक्दैन’, बरालले भने ।

बरालले संसदमा पटकपटक सीमा सुरक्षासम्बन्धी विषय उठाँउा पनि सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।