विराटनगर– व्यवसायी गोपाल मुदण्डाको निवासमा छापन हानिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसँग स्पष्टीकरण सोधेको छ ।
कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
प्रदेश प्रहरी कार्यालयले छापा मार्नुको कारण र उद्धेश्य, सूचनाको श्रोत वा खोजतलासका क्रममा कुनै प्रमाण फेला परेको भए त्यसको विवरण उपलब्ध गराउन भनेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख एसएसपी योगेन्द्रसिंह थापाले पठाएको पत्रमा घटनासम्बन्धी सम्पूर्ण विवरण र कारबाहीको कानुनी आधारसमेत खुलाउन भनिएको छ ।
मोरङ प्रहरीले गोपाल मुदण्डाको घरमा खोजतलास गरे पनि केही फेला नपरेको भन्दै चर्को विरोध भइरहेको छ । सरकार एकपछि अर्को गरी
व्यवसायीलाई तर्साउन उद्धत रहेको आरोप लागेपछि कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी शेखर खनालले विराटनगरका व्यवसायीलाई बोलाएर छलफल गरेका थिए ।




प्रतिक्रिया