काठमाण्डु– मंगलबार सेयर बजार भारी अंकले घटेको छ । यसदिन नेप्से २१ अंकले घटेर परिसुचक २६६३ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।
कारोबार रकमका आधारमा यसदिन खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर अगाडि रहे ।
५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।
एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो भने सबैभन्दा धेरै सप्तकोशी विकास बैंकको सेयर मूल्य ११ प्रतिशतले घट्यो ।
यसदिन सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे ।बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटे ।




प्रतिक्रिया