कोरियाली राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता

कोरियाली राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।