सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिने (मन्त्रिपरिषद्का निर्णयसहित)

सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिने (मन्त्रिपरिषद्का निर्णयसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले सुनसरी र सिरहामा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको हो ।

यस्तै बैठकले शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ।

महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।