काठमाण्डु – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानको सोमबार सामना गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुन लागेको खेल नेपाली समयअनुसार ११ः १५ बजेदेखि सुरु हुनेछ।
लिग-२को शीर्ष ६ मा अटाउन नेपाललाई खेल जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो।
नेपाल ३५ खेलमा २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। ओमान भने ३१ खेलमा ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।


प्रतिक्रिया