काठमाण्डु– बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ४.७९ अंकले घटेर परिसुचक २६६७ मा कायम भएको छ ।
यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको कारोबार भयो ।
आज १२२ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन सोलु हाइड्रोपावार, रिडी पावर, खानीखोला हाइड्रोपावर, एभरेस्ट कलर र सेन्ट्रल फाइनान्स रहेका छन् ।
सोलु हाइड्रोपावरको मूल्य आज १५ प्रतिशत बढ्यो भने एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ९.०३ प्रतिशत घट्यो ।
यसदिन हाइड्रोपावर व्यापार समूह १.६० प्रतिशत बढ्यो । होटल तथा पर्यटन ०.२२, उत्पादन तथा प्रशोधन ०.०२ तथा अन्य समूह ०.२६ प्रतिशत बढे ।
बैंकिङ ०.४२, विकास बैंक ०.५०, फाइनान्स ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.१० प्रतिशत घटे ।




प्रतिक्रिया