काठमाण्डु – नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एचई पार्क ताएयोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति भवनमा बिहीबार भएको भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत पार्कले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
राजदूत पार्कले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्ध सुदृढ बनाउन सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया