प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालतले यादवविरुद्ध २० साउनमा पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले भने उनलाई पक्रेको छैन । यादवमाथि सरकारी कागजात किर्ते गरेको अभियोग छ ।

सरकारी कागजात किर्ते गरी सार्वजनिक स्थानमा पोखरी निर्माण गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको
जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए ।

प्रहरीले भने आरोपमाथि अनुसन्धान जारी रहेकाले अध्यक्ष यादवलाई पक्राउ नगरिएको बताएको छ ।

नवलपरासी प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अनुसन्धान नसकिएकाले अध्यक्ष यादवलाई पक्राउ नगरिएको बताए ।

यादवले भने जनताको हितमा विकास निर्माणको काम गर्दा आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

पक्राउ पुर्जी खारेजीको माग राखेर उच्च अदालत तुलसीपुरमा आफूले रिट दायर गरेको जानकारी यादवले दिए ।