कांग्रेस पुरानै अवस्थामा गइसक्यो, अबको सभापति देउवा नै हो : नेता बस्नेत

कांग्रेस पुरानै अवस्थामा गइसक्यो, अबको सभापति देउवा नै हो : नेता बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सत्तामा पुन: शेरबहादुर देउवा फर्किने आशा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ कार्यसमितिले शनिबार आयोजना गरेको जिल्लास्तरीय नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा हालै सर्वाेच्च अदालतले कांग्रेसको आधिकारिकता विवादको विषय पुनरावलोकन गर्ने अनुमति दिएको प्रसंग कोट्याउँदै उनले कांग्रेस पुरानै अवस्थामा गइसकेको दाबी गरे ।

सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति देउवा नै हुने उनले बताए । उनले भने, ‘कांग्रेस त पुरानो अवस्थामा गइसक्यो नि अब ! त्यसकारणले अबको सभापति भनेको शेरबहादुर देउवा नै हो ।’

सर्वाेच्च अदालतले मुद्दा पुनरावलोकनको अनुमति दिएर सभापति गगन थापालाई चड्कन लगाएको टिप्पणी गरे । सभापति थापाले निर्वाचनअघि आफू प्रधानमन्त्री बन्ने भनेर चटक देखाएको उनले गुनासो गरे ।

उनले भने, ‘चटक देखाएको हो नि ! गगन थापाको त्यो चटकेको रंग अब उड्छ । अब फालियो ।’