वन्यजन्तुको मनमोहक सौन्दर्य (तस्बिरहरू)

वन्यजन्तुको मनमोहक सौन्दर्य (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो ।

तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन । निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन् ।

यस्ता वनक्षेत्रले वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र वन संरक्षणको महत्त्वसमेत बढाएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी