च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सबाहमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो ।

बार्सिलोनाका लागि एन्थोनी गोर्डनले दुई तथा करिम एडेयमी र ग्याब्रियल जिससले एक–एक गोल गरेका थिए । सबाहका जोय लान्स मिकेल्सले एक गोल फर्काएका थिए ।

खेलको ३१औँ मिनेटमा बार्सिलोनाका गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५१औँ मिनेटमा गोर्डनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५५औँ मिनेटमा एडेयमी र ६०औँ मिनेटमा जिससले गोल गरेपछि बार्सिलोनाले ४–० गोलको अग्रता लियो । खेलको ६३औँ मिनेटमा सबाहका मिकेल्सले गोल गर्दै खेललाई ४–१ गोलको स्थितिमा ल्याए । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा बार्सिलोना ४–१ गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना ५ खेलबाट १२ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पराजित भएको सबाहको ३ अंक छ ।