निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान छ : गगन थापा

निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको आईतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताए ।

उनले देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति सम्मान रहेको बताए । १५औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि गर्नुपर्ने कामका लागि आफू तयार रहेको उनले बताए ।

‘एउटा कुरा के प्रस्ट पार्छु भने – म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ । यो पार्टीमा ४ पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ,’ उनले भने ।