काठमाण्डु – नेपाली कांग्रेसभित्रको विवाद तीव्र बन्दै गइरहेको अवस्थामा सभापति गगन थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
नेता कोइरालालाई भेट्न सभापति थापा बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेका हुन् ।
उनीहरूबीच पार्टीलाई फुटबाट जोगाउन र एकताकायम गर्ने विषयमा छलफल भएको छ ।
कांग्रेस इतर समूहले साउन २९ गते काठमाण्डुमा राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ । भेलाबाट पार्टी नयाँ दिशासमा जाने इतर समूहका नेताहरूले बताएका थिए ।
उनीहरूले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाएका थिए।




प्रतिक्रिया