प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिले पठाए ‘निम्ताे’

प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिले पठाए ‘निम्ताे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ।

बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाएको जानकारी दिएका हुन् ।

‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,’ उनले बैठकमा भने।

उनका अनुसार निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ। सम्मेलनमा नेपाल कुन तहबाट सहभागी हुने भन्ने निर्णय भने हुन बाँकी छ।

कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदैछ। नेपालले सम्मेलनमा जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।