काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
डोल्पाको ठुलीभेरी नगरपालिका–२ लोचास्थित सडकमा बा प्र ०१–००१ ग ४२१० नम्बरको ईस्काभेटर बुधबार बिहान दुर्घटना हुँदा चालक ठूलीभेरी नगरपालिका–६ काँडाताली बस्ने ४२ वर्षीय मनविर रोकायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित सडकमा बीआर ०२ सिबि २५२८ नम्बरको कारले भे१४प ८९८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बस्ने ५५ वर्षीय गणेश प्रसाद पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।
सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित सडकमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को१ख ३३९१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया गुद्री देवी मेहताको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारस्थित सडकमा सु.प.प्र–०१–००१ ख ३५४६ नम्बरको बसले किचेर बैतडी मेलौली नगरपालिका–९ रोकटा बस्ने ४० वर्षीय भरतबहादुर चन्दको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया