काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन त्रिभुवन विमानस्थल नजिक तीनवटा स्थान तोकिएको छ ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि, नमस्ते गेटको अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन कार्यकर्ताहरूलाई आग्रह गरिएको हो ।
देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन् । जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि गत वर्ष १३ फागुनमा सिंगापुर गएका थिए ।
देउवा थाई एयरवेजको उडानमार्फत बिहीबार मध्याह्न स्वदेश फर्कर्दैछन् । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।




प्रतिक्रिया