स्वदेश फर्किए देउवा

स्वदेश फर्किए देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ५ महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् ।

उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। उपचारकै क्रममा उनी सिंगापुर हुँदै हङकङ पुगेका थिए ।

देउवा स्वदेश फर्किएपछि कांग्रेसको आन्तरिक राजनीतिमा उनले सक्रियता बढाउने संस्थापन इतर नेताहरुले। बताएका छन् ।

यसअघि देउवा रातिको उडानबाट नेपाल फर्किने तय भए पनि उनलाई स्वागत गर्न नेता–कार्यकर्तालाई सहज हुने गरी दिउँसोको उडानमा समय परिवर्तन गरिएको थियो ।