कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्, गगन पनि यतै आउनुपर्छ : डा. शशांक कोइराला

कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्, गगन पनि यतै आउनुपर्छ : डा. शशांक कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले पनि आफ्नो पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा रहेको दाबी गरेका छन् ।

५ महिना सिंगापुर र हङकङ बसेर बिहीबार स्वदेश फर्किएका देउवाको स्वागतमा विमानस्थल पुगेका कोइरालाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा देउवा नै आफूहरूको वैधानिक सभापति भएको बताए ।

देउवाकै नेतृत्वमा अघि बढेर पार्टीलाई बलियो बनाउनुपर्ने कोइरालाको भनाइ थियो । कोइरालाले विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा बनेको टीम संस्थापनबाट अलग भएर गएको जिकिर गरे । कोइरालाले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेताहरूलाई अनादर गरेको टिप्पणी गरेका छन् ।

‘सानेपा कांग्रेस छुट्टिएर गएको छ । उनीहरू आउनुपर्ने हो । उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो,’ कोइरालाले भने, ‘अहिले पनि काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै हो ।’

कोइरालाले आफूहरूको प्रयास काँग्रेसलाई एकताबद्ध गर्नु नै रहेको बताए । कोइरालाले गगन थापा नेतृत्वको कांग्रेसलाई मूलधारमा आउन पनि अपिल गरेका छन् ।