राज्यका निकायमा हस्तक्षेप र सरकारको कार्यशैलीप्रति रास्वपा सांसद सिंहको असन्तुष्टि

राज्यका निकायमा हस्तक्षेप र सरकारको कार्यशैलीप्रति रास्वपा सांसद सिंहको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशमा सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप बढेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सेना, प्रहरी तथा कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

उनले सांसदहरूका अभिव्यक्तिले संसद्कै गरिमा र प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । व्यापारीहरूको धरपकडका कारण निजी क्षेत्र त्रसित रहेको उनको भनाइ छ ।

सिंहले सरकारको परराष्ट्र नीतिप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । नेपालको परराष्ट्र नीतिप्रति अन्तर्राष्ट्रिय स्तरमा विश्वासको कमी अर्थात् ‘ट्रस्ट डेफिसिट’ सिर्जना भएको दाबी गर्दै उनले सरकारको वर्तमान कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सार्वजनिक संस्था तथा सरकारी निकायमाथिको हस्तक्षेप, सुरक्षा निकाय तथा कर्मचारीप्रतिको व्यवहार, सांसदहरूको अभिव्यक्ति, व्यापारीमाथिको कारबाही र परराष्ट्र नीतिलाई समग्र रूपमा जोड्दै सरकारसँग उनले प्रश्न गरेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ?’