काठमाण्डु– काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले बराल सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम पनि सिफारिस गरेको थियो ।
बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।




प्रतिक्रिया