कान्छारामले कसैलाई नसोधी देउवाको नेमप्लेटमा लेखिदिए ‘सभापति’

कान्छारामले कसैलाई नसोधी देउवाको नेमप्लेटमा लेखिदिए ‘सभापति’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिना विदेश बसेर बिहीबार फर्किएपछि उनलाई स्वागत गर्न चुनदेवीमा तयार पारिएको सम्पर्क कार्यालयमा राखिएको ‘सभापति’ को नेमप्लेटबारे कांग्रेसभित्र चलेको चर्चाको पटाक्षेप भएको छ ।

रामेछाप कांग्रेसका निवर्तमान सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले उक्त नेमप्लेट आफूले कसैलाई नसोधी राखेको बताएका छन् ।

संस्थापनइतर पक्षको शुक्रबारबाट राजधानीमा सुरु राष्ट्रिय भेलामा बोल्दै कान्छारामले कार्यालय व्यवस्थापनका क्रममा आफूले देउवाका लागि ‘नेपाली कांग्रेस सभापति’ लेखिएको नेमप्लेट राखिदिएको खुलासा गरेका हुन् ।

‘कुनै नेतालाई नसोधी मैले शेरबहादुर देउवा सभापति भन्ने साइनबोर्ड चुनदेवी कार्यालयमा राखिदिएको थिएँ,’ उनले भने ।
बिहीबार नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चुनदेवीस्थित उक्त सम्पर्क कार्यालयमा पुर्‍याइएको थियो । त्यहाँ देउवाका लागि छुट्टै कोठा तयार पारिएको थियो ।

देउवा पुग्नुअघि नै कोठाको बाहिर ‘नेपाली कांग्रेसका सभापति’ उल्लेख भएको नेमप्लेट राखिएको थियो । तर, उक्त नेमप्लेट कसको निर्णयमा राखियो भन्ने विषय देउवा पक्षभित्रै चासोको विषय बनेको थियो ।

शुक्रबार भेला उदघाटन त्रसमा बोल्दै भेलाको संयोजन गरेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूहरुको सभापति र नेता देउवा नै भएको घोषणा गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पदमा गगन थापा निर्वाचित भएपछि देउवा स्वतः निवर्तमान भएका थिए । पूर्णबहादुर खड्का र शशांक कोइरालालयात नेताले चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने जिम्मेवारी कान्छारामलाई दिएका थिए ।

कार्यालय उदघाटनका दिन कान्छारामले मुल ढोकाको चाबी निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको हातमा राखिदिएका थिए ।