काठमाण्डु–नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा कब्जा गर्ने घोषणा गरेका छन् ।
शुक्रबार संस्थापनइतर पक्षले काठमाण्डुको सुकेधारामा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले सानेपा कब्जा गर्न जाने बताएका हुन् ।
पार्टीलाई एकताबद्ध गर्न भेला आयोजना गरिएको भन्दै उनले सानेपा शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले कब्जा गर्ने बताए । थापाले ७५ प्रतिशत काँग्रेसका क्रियाशिल सदस्य देउवाको नेतृत्वको पक्षमा रहेको दाबी गरे ।
कांग्रेसको १५औँ महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी उनको छ । उनले नयाँ र पुरानो पुस्ताका नाममा कांग्रेसभित्र भइरहेको बहसप्रति कटाक्ष गरे ।
‘१५औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ । युवाको हविगत के हुन्छ ? भृकुटीमण्डपमा सिठ्ठी र ताली बजाएर आएका परजीवीहरू सानेपामा छन्, उनीहरूको के हुन्छ, हेरौंला,’ उनले भने, ‘७५ प्रतिशत क्रियाशिल सदस्य हाम्रो पक्षमा छन् । हामी सानेपा कब्जा गर्न जाँदैछौं ।’




प्रतिक्रिया