काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको बताएका छन् ।
शुक्रबार काठमाण्डुमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले आफूहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजान खोजेको सत असफल भएको बताए । ‘कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको छ। हामीले पार्टीलाई एक ढिक्का बनाएर लैजान धेरै प्रयास गरेका थियौँ, तर ती प्रयासहरू हाललाई विफल भएका छन्।’ उनले भने ।
उनले वैधानिकतासम्बन्धी विषयमा सर्वोच्चले न्याय दिने बताए । उनले भने, ‘सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ। हामीलाई विश्वास छ, सर्वोच्चले न्याय दिनेछ। अदालतको फैसलापछि हामी कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउँछौँ।’
उनले दलभित्र र बाहिर निरंकुशता स्वीकार्न नसकिने बताए । ‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं। कांग्रेस कुनै निरंकुशता नस्वीकर्ने पार्टी हो ।’
यस्तै कोइरालाले सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिका, मानव अधिकारको अवस्था अप्ठ्यारो अवस्थामा रहेको बताए । ‘अहिले प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल छाउन थालेको अवस्था छ। त्यसलाई नेपाली कांग्रेसले मात्रै चिर्न सक्छ,’ उनले भने।




प्रतिक्रिया