कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश हुने

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार पनि जारी रहनेछ । दोस्रो दिन विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुँदै छन् ।

शनिबार बिहान ९ बजेपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुनेछ ।

त्यस्तै, प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र रमेश लेखकको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि भेलामा पेस हुने छ ।

दिउँसो २ बजेपछि बन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । भेलामार्फत पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा तय गरिनेछ ।