भदौ १९ देखि नेपाल भलिबल लिग हुने

भदौ १९ देखि नेपाल भलिबल लिग हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भलिबल लिग (एनभीएल) भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ ।

आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् ।

सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।