पृथ्वी राजमार्गको सिमलधारामा पहिरो, राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गको सिमलधारामा पहिरो, राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वीराजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध छ।

शनिबार राति खसेको पहिरोका कारण नारायणगढ–काठमाण्डु सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन कम्तीमा ६/७ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाण्डु जाने तथा काठमाण्डुबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न पनि समेत प्रहरीले अनुरोध गरेको छ। पहिरोको कारण सवारी साधन रोकिँदा यात्रुले सास्ती पाएका छन्।