अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ ।

शनिबार राति सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाण्डु सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध भएको थियो ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो । पहिरो हटाएपछि आइतबार बिहानदेखि नारायणगढबाट काठमाण्डु जाने तथा काठमाण्डुबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो ।

सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् ।