काठमाण्डु – भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेल क्यानडामा निधन भएको हो ।
उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्। एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो।
त्यतिबेला नेपाल–भारत द्विपक्षीय सम्बन्ध विस्तार गर्न उनले राम्रो भूमिका निर्वाह गरेका थिए। धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए।
भक्तपुर पुर्ख्यौली घर भएका उनको जन्म १९९२ फागुनमा सिराहामा भएको थियो। हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि उनको परिवार तराईमै बसोबास गर्न थालेको थियो।




प्रतिक्रिया