अदालतले मलाई पटकपटक न्याय दियो, फेरि दिन्छः देउवा

अदालतले मलाई पटकपटक न्याय दियो, फेरि दिन्छः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काँग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई नेपालको न्यायालयले पटकपक बचाएको बताएका छन् ।

संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै देउवाले न्यायालयमाथि अझै विश्वास रहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले थुन्दा पनि अदालतले न्याय दिएको भन्दै उनले अहिले पनि न्यायालयले बचाएकैले आफू हङकङबाट नेपाल फर्किएको उल्लेख गरे ।

‘न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो । राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो’, देउवाले भने, ‘अहिले पनि न्यायलयले मलाई बचाएको छ । जसको कारणले म नेपालमा आइपुगेको छु ।’


विशेष महाधिवेशन बदरको माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा पनि आफूहरुले न्याय पाउने दाबी गरे । आफूले सबैको सहमतिमा विशेष महाधिवेशन गरौं भन्दा एक पक्षले नमानेको र जबर्जस्ती विशेष महाधिवेशन गरिएको आरोप देउवाले लगाए ।

‘हामीले मुद्दा हालेका छौं अदालतमा । मलाई विश्वास छ अदालतको’ देउवाले भने, ‘मैले धेरै अदालतको विषयमा बोल्नु छैन । अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु ।’

फरक प्रसंगमा देउवाले आफू लामो समय विदेश बसेर फर्किंदा विमानस्थलमा स्वागत गर्न जाने र राष्ट्रिय भेला/सम्मेलनमा उपस्थित भएर सदभाव राख्ने नेता कार्यकर्तालाई कहिल्यै बिर्सन नसक्ने बताए ।