काठमाण्डु– नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन समापनपछि निर्णय सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र नेता प्रकाशशरण महतबीच मञ्चमै भनाभन भएको छ ।
राष्ट्रिय सम्मेलनबाट पारित ५ बुँदे घोषणापत्र सुनाउने क्रममा नेता महत पोडियममा पुगेका थिए ।
उनले देउवाको नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णयमा ‘कार्यसमिति’ शब्द थप्न आग्रह गरेपछि निधि मोडियममा पुगे । अरुलाई हटाएर निधि बोल्न अग्रसर भए ।
निधिले महतलाई ‘तपाईंहरू हट्नुस्, म बोल्छु्’ भन्दै पोडियमबाट हट्न आग्रह गरेका थिए । त्यसपछि दुई नेताबीच भनाभन भयो । त्यही बीचमा शंकर भण्डारी पनि पोडियममा उक्लिए ।
हलका सहभागीले ‘निर्वाचित होइन, दाइहरू सबै मनोनीत हुनुहुन्छ’ भनेका थिए ।
केहीबेरको गलपत्तीपछि महतले निधिलाई तानेर सोफामा लगेर बसालेका थिए ।
महत र निधिको विवादपछि ‘१४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने शब्दको साटो ‘देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुनेछ भन्ने राखिएको छ ।




प्रतिक्रिया