काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आइतबार उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।
मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक विचार व्यक्त गर्दै तलबभत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताए।
उनले भने ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ ।’




प्रतिक्रिया