झापा– एमाले अध्यक्ष केपी ओलीले पार्टीमा आफ्नो विकल्प खोज्न भइरहेका प्रयास सह्य नहुने चेतावनी दिएका छन् ।
गृहजिल्ला झापाको बिर्तामोडमा आइतबार ‘मिसन जागरण’ अभियानको उदघाटन गर्दै ओलीले आफ्नो विकल्प खोज्नेलाई नछाड्ने चेतावनी दिए ।
ओलीले आफूलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाइएकामा आपत्ति जनाए । नेतृत्वप्रति असन्तुष्टि भए पार्टी कमिटीमा राख्नुपर्ने उनको भनाइ थियो ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर ‘क्याम्पेन’ गरेर अध्यक्ष हटाउने ?’, ओलीले भने, ‘यो शैली सह्य छैन, हुँदैन ।’
यसअघि शनिबार इलाममा भएको कार्यक्रममा उनले कुनै हालतमा नेतृत्व नछाड्ने बताएका थिए ।
आगामी महाधिवेशनबाट पनि आफू नै अध्यक्ष बन्ने उनको उदघोष थियो ।




प्रतिक्रिया